IME Life
Beema Board

नयाँ बीमा विधेयक संसदमै अलपत्र, नयाँ संसद गठनपछि मात्रै पास हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रमा प्रभावकारी नियमन र बीमाको दायरा विस्तार गर्ने उद्देश्यले सरकार संसदमा पेश गरेको बीमा ऐन २०७५ को मस्यौदा संसदबाट पारित नभई मौजुदा संसद नै अन्त्य भएको छ । संसद अन्त्यसँगै बीमा क्षेत्रको बृहत्तर नियमनको लागि गठन गर्न लागिएको बीमा प्राधिकरण समेत पछाडि धकेलिएको छ ।

कुनै कारणबाट संसद पुनस्र्थापना भएको अवस्थामा बाहेक अब नयाँ संसद गठन भएपछि मात्रै बीमा विधेयक पारित हुने र हाल प्रचलनमै रहेको बीमा ऐन २०४८ ले बीमाको नियमन हुने भएको छ । बीमा समितिको स्थानमा शक्तिशाली बीमा प्राधिकरण गठनको प्रस्ताव गरिएकोमा अब केही समय लम्बिने भएको छ । बीमा विधेयक पारित नहुँदा नेपाली बीमा क्षेत्रले यसै वर्षदेखि बीमा प्राधिकरण गठन गरी प्रभावकारी बीमा नियमन हुने विश्वासमाथि घात हुन पुगेको छ ।

Prabhu
Crest

बीमा विधेयक हाल अर्थ समितिमा छलफलको चरणमा रहेको छ । विषयगत समितिमा अन्तिम छलफलको चरणमा रहेको बीमा विधेयक निर्धारित मितिमा निर्वाचन सम्पन्न भएको अवस्थामा अर्को आर्थिक वर्षमा मात्रै पारित हुन सक्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS