IME Life
Beema Board

राष्ट्र बैंकले माग्यो ५० जना नयाँ कर्मचारी, के केमा खुल्यो आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सहायक द्धितिय र अधिकृतस्तर तृतिय तहमा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । राष्ट्र बैंकले ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको छ ।

राष्ट्र बैंकको जनशक्ति विभागले आज कूल ५० जनाको आवेदन खुलाएको छ । विभागका अनुसार सहायक द्धितीय अन्तर्गत प्रशासनको लागि १० जना आवेदन माग गरिएको छ । जसमा ६ पद खुल्ला छ भने १ जना महिला,२ जना आदिवासी र १ जना मधेशीको लागि आरक्षण गरिएको छ । सहायक द्धितीय कानून अन्तर्गत २ पदको आवेदन मागिएको छ । जसमा १ जना खुल्ला र १ जना महिला सिट आरक्षण गरिएको छ । सहायक पदका लागि प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी, राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतिय प्रशासन तर्फ ३१ जनाको आवेदन माग गरेको छ । जसमा १७ जना खुल्ला,५ जना महिला,४ जना आदिवासी जनजाती,२ जना मधेशी,१ जना दलित र २ जना पिछडिएको क्षेत्रको लागि आरक्षण गरिएको छ भने सहायक निर्देशक अधिकृत तृतिय लेखामा ५ जना आवेदन माग गरिएको छ । जसमा ४ जना खुल्ला मागिएको छ भने १ सिट अपांग भएको व्यक्तिलाई आरक्षणको लागि छुटइएको छ ।

सहायक निर्देशक कानूनको लागि २ जना आवेदन माग गरिएको छ । जसमा १ जना खुल्ला र १ जना आदिवासी जनजातीको लागि आरक्षण गरिएको छ । सहायक निर्देशकका लागि सम्बन्धित विधामा स्नातकोत्तर गरेको हुनुपर्ने आज प्रकाशित विज्ञापनमा उल्लेख छ ।
सबै पदमा नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत अनलाइन मार्फत आवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । पुस २३ सम्म तोकिएको दस्तुर माघ १ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS