IME Life
Beema Board

चन्द्रागिरी हिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो ।

स्थानीयलाई जारी गरेको आईपिओमा काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् ।

Prabhu
Crest

कम्पनीले निष्काशन गरेको आईपिओमा मंगलबार बेलुका ५ बजेसम्ममा ३५ सय ५८ आवेदकबाट १३ लाख १५ हजार ६ सय ६५ कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धकले जनाएको छ । यो माग भन्दा ४.२८ गुणा बढी हो ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार ६० कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले चन्द्रागिरी हिल्सको कार्यालय थानकोट, सेन्चुरी कर्मशीयल बैंकको बज्रबाराही शाखा, बैंक अफ काठमाडौँको इन्द्र सरोबर शाखा, र ग्लोबल आईएमई बैंकको थानकोट र इमाखेल शाखाबाट आवेदन दिन सक्ने छन् ।

त्यसैगरी आश्वा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ । आवेदन दिँदा नागरिकताको प्रतिलिपि र हालसलाई खिचिएको फोटो अनिवार्य गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS