काठमाडौं । नेप्से २८ दशमलव ७९ अंकले बढेर १,९९७ दशमलव ०५ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, विकास बैंक, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा १ सय ९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफको ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ३७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।
युनाईटेड हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने अपर तामाकोशीको शेयर ९ दशमलव ८० प्रतिशतले बढेको छ ।
विशाल बजारको शेयर १० प्रतिशतले घटेको छ भने बार्टलर नेपाल (तराई)को शेयर ५ दशमलव ४२ प्रतिशतले घटेको छ।