काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको २५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६ हजार रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ हजार ५ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।