IME Life

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन भोलि, चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा

SPIL
NIC ASIA

काठमाडौं । नेपालका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन भोलि काठमाडौंमा हुँदैछ । राजधानी काठमाडौंका तीन वटा फरक फरक स्थानमा हुन लागेको निर्वाचनमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समुह र किशोर प्रधान समुहबीच प्रतिस्पर्धा हुँदैछ ।

चन्द्र ढकालका सारथीको रुपमा बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगरमा गुणनिधी तिवारी, र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई छन् । त्यस्तै, किशोर प्रधानको सारथीको रुपमा जिल्ला नगरमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् ।

Prabhu
Crest

हिजो उद्घाटन भएको महासंघको ५४ औं साधारणसभामा आज बन्दसत्र भइरहेको छ भने भोलि शनिबार विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । महासंघको निर्वाचनको कार्यकालिका अनुसार जिल्ला नगर तथा उद्योग बाणिज्य संघका मतदाताहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान गर्ने व्यवस्था मिलाइएको छ भने बस्तुगत संघका सदस्यहरुलाई नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालय टेकु र एशोसिएट्स सदस्यहरुलाई बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

यस पटक महासंघको नेतृत्वका लागि भोलि कूल ६२ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा देशैभरिका १२१ जनाले उम्मेदवारी दिएका छन् ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग राख्दै परेको रिटको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । हिजोदेखि सुरु भएको महाधिवेशनको सम्बन्धमा हिजै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो । सर्बोच्च अदालतका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले महासंघलाई कारण देखाउ आदेश जारी गरेको हो । प्रदेश नं २ नम्बर उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले महासंघको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरी उक्त निर्वाचन रोक्न माग गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS