IME Life

अन्ततः नेप्सेले शिखर चुम्यो, कारोबार सूचकमा ऐतिहासिक रेकर्ड

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गर्दै आएका लगानीकर्ताहरुको लागि आज अर्थात २०७७ साल मंसिर ११ गते ऐतिहासिक दिन बन्न पुगेकोछ । शेयर कारोबार अत्याधिक भई परिसूचक उच्च अंकले बृद्धि भएपछि हालसम्मकै उच्च शिखरको बिन्दु कायम गर्न नेप्से सफल भएको छ । बिहिवार दुई घण्टामा चार अर्बको कारोबार भएको छ ।

अनलाईन कारोबार प्रणाली र धितोपत्र बजारप्रति संकीर्ण विचार भएका अर्थमन्त्रीको बहिगर्मनसँगै शेयर कारोबारले शिखर चुम्न सफल भएको हो । कुनै कम्पनी विशेष तथा क्षेत्रगत रुपमा शेयर मूल्य अझै निकै तल भएपनि आज कायम भएको नयाँ रेडर्कले लगानीकर्ताहरुको मनोबल थप उच्च हुन पुगेको छ ।

Prabhu
Crest

साताको अन्तिम दिन बिहिवार कारोबार सुर भएको एक घण्टा १३ मिनेटमा ५२.११ अंकले नेप्से परिसूचक बृद्धि भई अहिलेसम्मकै नयाँ रेडर्क कायम गरेको हो । हालसम्मको तथ्याङ्क अनुसार शेयर मूल्यमा उछाल आई सबैभन्दा धेरै परिसूचक पुगेको दिन २०७३ साल साउन १२ गते हो । सो दिनमा नेप्से परिसूचक १८८१ पुगेको थियो ।

बुधबार उक्त नयाँ रेकर्ड नजिकै पुगेको नेप्से साताको अन्तिम दिन बिहिवार यसअघिको नयाँ रेकर्ड भन्दा ४५ अंकले माथि १९२६.९२ बिन्दु छोएको छ । यद्यपि यो बिन्दु आजको कायम भएको बिन्दु भने होइन । शेयर कारोबार अझै जारी रहेकोले केही तलमाथि भएपनि पुँजि बजारको इतिहासमा आज नयाँ रेडर्क कायम गर्दै शिखर चुम्न सफल भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS