IME Life

जनस्वास्थ्य कार्यालय टेकुबाट प्रमाणिकरण नभएका पिसिआर रिपोर्टको बीमा दावी भुक्तानी नहुने

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको अण्डरराईटिङले स्वास्थ्य मन्त्रालय मातहत रहेको टेकुस्थित जनस्वास्थ्य कार्यालयबाट प्रमाणिकरण नभएका कोरोना पिसिआर टेष्टको रिपोर्टको दावी भुक्तानी नगर्ने भएको छ । बीमा पुल, बीमा समिति र कोरोना बीमा सम्बन्धी अर्थमन्त्रालयसहितको कार्यदलले प्रमाणिकरण नभएका पिसिआर रिपोर्टको दावी भुक्तानी नगर्ने सहमति भएको स्रोतले जनाएको छ । यद्यपि बीमा समितिले औपचारिक निर्णय भने गरेको छैन ।

कोरोना बीमा दावीका लागि बीमितहरुले पेश बीमा कम्पनीमा पेश गरेको करिब १५ प्रतिशत पिसिआर परिक्षण रिपोर्टहरुको आधिकारिकता प्रमाणिकरण नहुने समस्या उत्पन्न भएको छ । नक्कली पिसिआर रिपोर्ट बीमा दावीका लागि आएको बीमा कम्पनीहरुको अनुमान छ । यद्यपि सो सम्बन्धमा पनि अनुसन्धान भई यथार्थ खुल्न बाँकी छ ।

Prabhu
Crest

टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बीमा पुलमार्फत प्राप्त पिसिआर रिपोर्टहरु नेपाल सरकारबाट मान्यता प्राप्त ल्यावहरुमा परिक्षण गरी दैनिक विवरण सूचिमा नाम समावेश भए/नभएको जाँच गरी प्रमाणित भएकाहरुले मात्रै कोरोना बीमाको दावी भुक्तानी तत्काल पाउने भएका छन् ।

कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो मात्रामा नक्कली पिसिआर रिपोर्ट पेश भएको आशंका गरिएको छ । प्रारम्भिक रुपमा १५ प्रतिशत रिपोर्ट शंकाको घेरामा परेका छन् । हालसम्म ३० हजार भन्दा बढिको कोरोना बीमा दावी परेका छन् । पछिल्लो समय सरकारले कोरोना परिक्षणको लागि सरकारी परिचयपत्र अनिवार्य गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS