SKIP THIS

IK Anniversary
IME Life

बजार पुँजिकरण २५ खर्ब नाघ्यो, नेप्सेमा दैनिक नयाँ रेकर्ड

SPIL
NIC ASIA

काठमाडौं । नेपालको धितोपत्र सम्बन्धी काम गर्ने एक मात्र कम्पनी नेपाल स्टक एक्सचेन्जमा बुधबार ऐतिहासिक नयाँ रेकर्ड कायम गर्दै झण्डै सात अर्बको कारोबार भयो । बुधबार एकै दिन नेप्से ६५ अंकले बृद्धि हुँदै शिखर चुम्ने क्रममा छ ।

यसैक्रममा नेपालको पुँजि बजारमा बुधबार पनि नयाँ तथा ऐतिहासिक रेकर्ड कायम भएको छ । धितोपत्र बजारको कूल पुँजिकरण २५ खर्ब नाघेको छ । नेपालको इतिहासमा पहिलो पटक दोस्रो बजारमा शेयर कारोबार हुने कम्पनीको कूल पुँजि २५ खर्ब नाघेको हो ।

Prabhu
Crest

हाल नेप्सेमा सूचिकृत भएका २७४ वटा कम्पनी म्युचुअल फण्डको मूल्याङ्न नेपालको कूल बजेटको झण्डै दोब्बर हुन पुगेको छ । नेप्सेमा कूल एक दर्जन क्षेत्रका कम्पनी तथा डिबेन्चरहरु सहित गरेर कूल पुँजिकरण २५ खर्ब १३ अर्ब १५ करोड ८२ लाख ४० हजार पुगेको छ ।

नेपाल स्टकका बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जिवन बीमा, जीवन बीमा, उत्पादन, सामूहिक कोष र अन्य समुह गरी सो मात्रामा पुँजिकरण भएको हो ।

दोस्रो बजारमा यतिबेला उछाल आएको छ । नेप्सेमा कारोबार हुने कम्पनीहरु मध्ये अधिकांश कम्पनीहरुको शेयर मूल्य उच्च बिन्दुले बढेर यसअघिको सबैभन्दा उच्चतम रेडर्क तोड्ने क्रममा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS