IME Life

कोरोना महामारीका बीचमै अर्थतन्त्रमा चमत्कार, व्यापारघाटा निरञ्तर घट्दै, शोधान्तरस्थिती एक खर्ब बचतमा

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महाहारीले नेपाली अर्थतन्त्रको कैयौं क्षेत्रमा नकारात्मक प्रभाव देखिए पनि समग्र देशको वित्तीय अवस्थामा भने चमत्कारिक सकारात्मक सूचकहरु देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा व्यापार घाटा निरन्तर घट्ने क्रममा रहेको छ भने आर्थिक रुपमा थप बलियो बन्दै गएको छ ।

चालु आवको ३ महिनामा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ । देशको समग्र अर्थतन्त्रको बलियोपना कोरोना महामारीका बीचमा थप बलियो बनेको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार तीन महिनामा देशको शोधान्तरण स्थिति एक खर्ब एक अर्ब नौ करोड रुपैयाँले बचतमा रहेको छ । त्यस्तै विदेशी मुद्रा संचिती पनि बढेको छ । समीक्षा अवधीमा विदेशी मुद्रा संचिती १५ खर्ब नाघेको छ । गत असार मसान्तसम्ममा १२ खर्ब रहेको विदेशी मुद्रा संचिती तीन महिनामा तीन खर्बले बृद्धि भएको देखिएको छ ।

Prabhu
Crest

तथ्याङ्क अनुसार भारतबाट ६.६ प्रतिशत, चीनबाट २६.९ प्रतिशत तथा अन्य मुलुकबाट भएको आयात १९.० प्रतिशतले घटेको छ । कोरोना महामारीमा विदेशबाट हुने आयात घट्ने र देशबाट हुने निर्यातमा बृद्धि हुँदा देशको अवस्था झन मजबुद बन्न पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS