IME Life

दुई जीवन बीमा कम्पनीको व्यतित बीमालेख नविकरणमा १०० प्रतिशत छुट सुविधा

SPIL
NIC ASIA

काठमाडौं । दुई जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई व्यतित भएको बीमालेख नविकरणमा शत प्रतिशत छुट सुविधा दिने सूचना प्रकाशन गरेका छन् । आईएमई जनरल इन्स्योरेन्स र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।

Prabhu
Crest

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले एक सूचना जारी गर्दै यही मंसिर ८ गतेदेखि लागू हुने गरी मंसिर २१ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा सो बीमा शुल्कमा लाग्ने ब्याज तथा जरिवना दुवै छुट दिने कम्पनीले जनाएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आगामी मंसिर ३० गतेसम्म सबै प्रकारको व्यतित बीमालेखहरु नविकरण गर्दा ब्याज तथा जरिवना शत प्रतिशत छुट दिने सूचनामार्फत जनाएको छ ।

दुवै कम्पनीहरुले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत जरिवना तथा ब्याज छुट दिने सम्बन्धी अवसरको फाइदा उठाउन अभिकर्ता तथा मार्केटिङ विभागमार्फत बीमा जनचेतना फैलाउने कार्य गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS