रिलायबल नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका इस्तखर मिया थकुराइनको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका ताहाचालका कलस्टर प्रमुख नविन श्रेष्ठले वीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथाशिघ्र गर्नै कम्पनीको निति अनुरुप दावी भुक्तानी प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार