IME Life

कोरोना बीमाको दावी गरिएका १५ प्रतिशत पिसिआर रिपोर्ट नै नक्कली

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा कम्पनीहरुमा बीमितहरुले बुझाएको पिसिआर रिपोर्टहरु मध्ये १५ प्रतिशत नक्कली भएको पाइएको छ । बीमा समिति र टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको प्रमाणीकरणको क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता प्रमाणि हुन नसकेको हो ।

महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीका अनुसार बीमा पुलमार्फत प्राप्त भएका ५३० वटा पिसिआर रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता पुष्टि हुन नसकेको जानकारी दिए । टेकुस्थित जनस्वास्थ्य महाशाखाले बीमा पुलबाट प्राप्त पिसिआर रिपोर्ट र सोही निकायबाट अनुमति लिई पिसिआर जाँच गर्दै आएका ल्यावबाट प्राप्त विवरण भिडाएर प्रमाणिकरण गर्दै आएको छ ।

Crest

बीमा समितिले महाशाखाबाट प्रमाणित हुन नसकेका पिसिआर रिपोर्टहरुको बीमा दावी भुक्तानी गर्न नसकिने जनाएको छ । यद्यपि सो सम्बन्धमा औपचारिक निर्णय भने गरिसकेको छैन । समितिले नक्कली पिसिआर रिपोर्ट नियमन प्रभावकारी रुपमा गरिने तथा प्रमाणित नभएका पिसिआर रिपोर्टको दावी भुक्तानी नहुने बीमा समितिका अधिकारीहरुले जनाएका छन् ।

नेपाल बीमक संघका सचिव तथा प्रबक्ता चंकी क्षेत्रीले नक्कली कोरोना पोजेटिभ रिपोर्ट माथि छानविन गर्ने र कारवाही गर्ने दायित्व सरकारको भएको बताए । उनले प्रमाणिकरण भएर आएका पिसिआर रिपोर्टका आधारमा मात्रै दावी भुक्तानी गर्ने गरिएको र पछिल्लो समय पिसिआर रिपोर्ट प्रमाणिकरण हुने दरमा बृद्धि भएको जानकारी दिए । उनले प्रमाणिकरण नभएका रिपोर्टको भुक्तानी गर्नु नहुने र त्यस्तो रिपोर्ट दिने स्वास्थ्य संस्थामाथि सरकारले कडा कारवाही गर्नुपर्ने बताए ।

कोरोना बीमा दावी बापत एक लाख रुपैयाँ पाइने भएपछि कोरोना बीमा गरेका बीमितहरुले पैसा तिरेर नक्कली कोरोना रिपोर्ट बनाउने क्रम ह्वात्तै बढेको छ । यसअघि नेपालगन्जस्थित भेरी अस्पतालबाट नक्क्ली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेका थिए । उनीहरुले सयौं पिसिआर रिपोर्ट नक्कली बनाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरी कानुन बमोजिमको कारवाही अघि बढाएको छ । त्यस्तै पछिल्लो पटक काठमाडौंको ह्याम्स अस्पताल र स्टार अस्प्तालबाट जारी भएका कोरोना भाइरसको परिक्षण सम्बन्धी पिसिआर रिपोर्ट समेत शंकाको घेरामा परेका छन् ।

भुल सुधारः भुल सुधारः यसअघि प्रकाशित समाचारमा प्रयोग गरिएका स्केच (नमुना) फोटोमा असावधानीबस समाचारसँग कुनै सम्बन्ध नभएको पिसिआर रिपोर्ट र सम्बन्धित चिकित्सकको हस्ताक्षर, नाम र एनएमसी नम्बर बुझिने अवस्थामा प्रकाशित हुन पुगेकोमा भुल सुधार गरिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS