IME Life

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा मंसिर ३० गते, ३५% लाभांश प्रस्ताव पारित गर्ने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ५३ औं वार्षिक साधारणभा २०७७ मंसिर ३० गते, बैंकको प्रधान रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान ११ः०० बजे हुने जनाएको छ । सभा वेविनार मार्फत संचालन गरिने समेत कम्पनीले बताएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पारित गर्ने बताएको छ ।

Crest

सभा प्रयोजनको लागि २०७७ मंसिर १५ देखि ३० गते सम्म बुक क्लोज तोकेको छ । मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

सभामा संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७/७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS