IME Life
Beema Board

यस्तो देखियो मल्टिपर्पस फाइनान्सको प्रथम त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मल्टिपर्पस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सले १० लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २१ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको खुद नाफा ५१.१८ प्रतिशतले घटेको हो ।

फाइनान्सले चालु आवको असोजसम्ममा १७ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १८ लाख २७ हजार रुपैयाँ थियो। यस्तै सञ्चालन नाफा पनि २२ लाख ९ हजार रुपैयाँबाट घटेर १४ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।

Prabhu
Crest

असोज मसान्तसम्म कम्पनीले ३० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा ६ करोड ९५ लाख निक्षेप संकलन गरेको फाइनान्सको कर्जा लगानी २ करोड ५३ लाखले बढेको छ ।

चुक्ता पूँजी २२ करोड ४० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात ४७.०५ गुणा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS