IME Life
Beema Board

सूर्या लाईफ र एशियन लाईफको तीन लाख ३३ हजार कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वमित्वमा रहेको सूर्या लाईफ र एशियन लाईफ इन्स्योरेन्सको तीन लाख ३३ हजार ९९४ कित्ता शेयर आजदेखि लिलामीमा राखेको छ ।

बैंकले आज मंसिर ७ गतेदेखि लिलामीमा राखेको शेयरमा चार दिनभित्रमा आवेदन दिईसक्नु पर्नेछ । लिलामीमा राखेको शेयरमा सबैभन्दा बढि आवेदन भर्नेले पाउनेछन् ।

Prabhu
Crest

साथै एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा भएको नागरिक लगानी कोषको शेयर समेत लिलामीमा राखेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफको १ लाख ९३ हजार १ सय ९४, र एशियन लाइफको १ लाख ४० हजार ८ सय कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो ।

बैंकद्वारा सूचनामा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन् भने सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम प्रति कित्ता १०० रुपैयाँ मूल्य राखी आवेदन दिनुपर्ने छ ।

शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । उक्त लिलामीको शेयर खरिद गर्न चाहनेहरुले एनआईसी एसिया क्यापिटल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय तथा अन्य छ वटा शाखा कार्यालयमार्फत खरिद गर्न सकिने बैंकद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS