IME Life

१७ निर्जीवन बीमा कम्पनीको नाफा २५ प्रतिशतले बृद्धि, दुई कम्पनीको घट्यो, कसको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १७ वटा निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले वित्तीय विवरण प्रकाशन गर्न बाँकी छ ।

वित्तीय विवरण प्रकाशन गरेका कम्पनीमध्ये दु्ई वटा कम्पनी (राष्ट्रिय बीमा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स) को नाफा घटेको छ भने १५ वटा कम्पनीको नाफा बढेको छ । कोरोना महामारीका बीचमा पनि निर्जिवन बीमा कम्पनीहरुले उल्लेख्य प्रगति गर्न सफल भएको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय  विवरणबाट पुष्टि हुन आएको छ ।

Prabhu
Crest

वित्तीय विवरण प्रकाशन गरेका १७ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९१ करोड १५लाख३ हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ९६ लाख ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरुको नाफा  २४ दशमलव ९१ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।

हालसम्म वित्तीय विवरण प्रकाशन गरेका १७ वटा कम्पनीमध्ये सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीले १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा कम्पनीले नाफा ६५ प्रतिशतले बढाउन सफल भएको छ ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १२ करोड २३लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन  गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनफा ० दशमलव ७३ प्रतिशतले बढी हो ।

तेस्रोमा प्रिमियर  इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गतआर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ३६ दशमलव ६३ प्रतिशतले बृद्धि गरी ७ करोड ९० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । त्यस्तै चौथोमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १६ प्रतिशतले बृद्धि गरी ६ करोड १३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । गतआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३७ प्रतिशतले बढी हो । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा भन्दा नाफा १० प्रतिशतले बृद्धि गरी ५ करोड ५६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक ५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढी हो । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ५८० प्रतिशतले बृद्धि गरी ५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५ प्रतिशतले बृद्धि गरी ५ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४ करोड २९ लाख रुपैयाँ नाफाआर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४ प्रतिशतले बढी हो । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा ४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ ।

आइएमई जनरलले चालु आ.वमा ३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २९ प्रतिशतले बढी हो । एभरेष्ट इन्स्योरेन्सले चालु आथिृक वर्षमा ३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १ सय ९ प्रतिशतले बृद्धि गरी १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्सले चालु आवमा १ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढी हो ।

वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष ६ करोड १० लाख रुपैयाँ नाफाआर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ करोड १७ लाख रुपैयाँ मात्र नाफाआर्जन गरेको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड १९ लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा २ करोड ६२ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

अघिल्लो आवको तुलनामा मुनाफा बृद्धिको आधारमा अजोड इन्स्योरेन्स पहिलो बनेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५ सय ८० प्रतिशतले बृद्धि गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS