IME Life

१९ कम्पनीद्धारा जीवन बीमा कोषमा तीन खर्ब २१ अर्ब संचिती, कोरोना महामारी बीच ३०% ले बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा नेपालमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा तीन खर्ब २१ अर्ब संचिती गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा बीमा कम्पनीहरुले गत वर्षको तुलनामा झण्डै ३० प्रतिशतले जीवन बीमा कोष बृद्धि गर्न सफल भएको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा झल्किएको छ ।

गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ४७ करोड रुपैयाँ जीवन बीमा कोषमा रकम संचित गरेका थिए । गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार २९ दशमलव ६८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषलाई निकै महत्वपूर्ण कोषको रुपमा लिईन्छ ।

Prabhu
Crest

जीवन बीमा कोषलाई आधार मान्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष सबै भन्दा ठूलो छ । नेपाल लाईफको जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७२ अर्ब ३३ करोड रुपैयाँ रकम संचित रहेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोष ३१ प्रतिशतले बढेको देखिएको छ ।

एलआईसी नेपालको जीवन बीमा कोष २२ प्रतिशतले बढेर ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत अर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५७ अर्ब ८० करोड रुपैयाँ संचित रहेको थियो । त्यस्तै, नेशनल लाइफको जीवन बीमा कोष २५ प्रतिशतले बढेर ३५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा २८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

जीवन बीमा कम्पनीहरुले कोरोना महामारीका बीचमा पनि जीवन बीमा कोषमा गर्ने संचितीमा उल्लेख्य मात्रामा बृद्धि गर्न सफ हुनुले कोभिड–१९ को महामारीले जीवन बीमा क्षेत्रमा खासै ठूलो असर नपरेको देखिएको छ । अझ जीवन बीमा कम्पनीहरुले कोरोनाको महामारीमा सरकारले घोषणा गरेको लकडाउन, निषेधाज्ञाका बीचमा उत्कृष्ट व्यवसाय गर्न सफल भएको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS