बिओके क्यापिटलको साधारण सभा आज,यस्ता छन् एजेण्डा

Citizen Life Insurance Co

काठमाडौं । बैंक अफ काठमाण्डू क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको कार्तिक ५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसो १ बजेदेखि विद्युतीय माध्यमबाट सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

सभामा चुक्ता पुँजीको ४ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार