IME Life

चौथो बार्षिकोत्सवमा रिलायन्स लाईफको शेयरधनी बीमा अभियान सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । स्थापनाको चौथो बार्षिकोत्सवको अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक  शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ ।

जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएको हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको पहुँचभित्र समेट्ने अभियान चलाउन लागेको जनाएको छ ।

Prabhu
Crest

२०७४ साल मंसिर १ गतेदेखि औपचारिक कारोबार सुरु गरेको कम्पनीले तेस्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा राजधानी तथा मोफसलमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक तथा सर्वसाधारण दुवै समुहका शेयर सदस्यहरुका बीचमा बीमा योजना लिएर पुग्ने कम्पनीले जनाएको छ । उक्त अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत समेत बुझ्न सकिने जनाएको छ ।

कम्पनीले हिजो प्रेस बिज्ञप्ति जारी गरी एक शेयरधनी एक  बीमालेख अभियानमा सबै शेयर सदस्यहरुलाई सहयोग गर्न समेत आग्रह गरेको छ । चौथो बार्षिकोत्सवकै अवसरमा कम्पनीले हिजो ललितपुरको पाटनमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS