IME Life

एक नम्बर इन्स्योरेन्स कम्पनी बन्ने दौडमा रहेको नेको र लिडर कम्पनी शिखरलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमान्डौ। केही समय देखि नेको इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आउँदा सम्म नेको इन्स्योरेन्स एक नम्बर निर्जीवन बीमा कम्पनी बन्दै गएको र शिखर इन्स्योरेन्सलाई एक नम्बरको ताज जोगाउन दिन प्रतिदिन मुस्किल पर्दै जाने देखिन्छ । चालु आर्थिक वर्ष ७७/७८ को प्रथम त्रैमासमा प्रकाशन गरेको वित्तीय विवरणको आधारमा इन्स्योरेन्स खबर टीमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

नोट : शिखर इन्स्योरेन्सको जगेडा कोषमा शेयर प्रिमियम समेत जोडिएको छ ।

चुक्ता पूँजीको आधारमा :
नेको इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३१ करोड रहेको छ भने शिखर इन्स्योरेन्सको  चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ९९ करोड ३१ लाख रुपैयाँ  संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ५८ करोड ४ लाख रुपैया संचित छ ।शिखर इन्स्योरेन्सको जगेडाकोषमा शेयर प्रमियम पनि जोडिएको छ।

बीमा कोषको आधारमा :
बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ११ करोड रुपैया संचित छ भने नेको इन्स्योरेन्सको बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ संचित छ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
शिखर इन्स्योरेन्सले ९० करोड ४३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ४३ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले ६८ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ४३  करोड २८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

दावी भुक्तानीको आधारमा :
शिखर इन्स्योरेन्सले ३६ करोड २७ लाख कुल दावी भुक्तानी गरेको छ भने १४  करोड २२ लाख खुद दावी भुक्तानी गरेको छ। नेको इन्स्योरेन्सले २० करोड ३९ लाख कुल दावी भुक्तानी गरेको छ भने १२ करोड २९  लाख खुद दावी भुक्तानी गरेको छ।

खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम  त्रैमास सम्म १२ करोड २३ लाख खुद नाफा गरेको छ भने नेको इन्स्योरेन्सले १२ करोड ४४ लाख खुद नाफा गरेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा :
शिखर इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ३५ रुपैयाँ ५९ पैसा छ भने नेको इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
मंसिर ४  गतेको बजार मूल्यलाई आधार मान्दा शिखर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४ दशमलव ४५ गुणा छ भने नेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २५ दशमलव ७५ गुणा छ । मूल्य र आम्दानीको आधारमा नेको इन्स्योरेन्स शिखर इन्स्योरेन्स भन्दा सस्तो देखिन्छ।

भुक्तानी हुन बाँकी दावी :

शिखर इन्स्योरेन्सले ८४ करोड ९५ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ भने नेको इन्स्योरेन्सको ६६ करोड ६६ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS