काठमान्डौ। केही समय देखि नेको इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आउँदा सम्म नेको इन्स्योरेन्स एक नम्बर निर्जीवन बीमा कम्पनी बन्दै गएको र शिखर इन्स्योरेन्सलाई एक नम्बरको ताज जोगाउन दिन प्रतिदिन मुस्किल पर्दै जाने देखिन्छ । चालु आर्थिक वर्ष ७७/७८ को प्रथम त्रैमासमा प्रकाशन गरेको वित्तीय विवरणको आधारमा इन्स्योरेन्स खबर टीमले गरेको तुलनात्मक अध्ययन :
नोट : शिखर इन्स्योरेन्सको जगेडा कोषमा शेयर प्रिमियम समेत जोडिएको छ ।
चुक्ता पूँजीको आधारमा :
नेको इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३१ करोड रहेको छ भने शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको छ।
जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ९९ करोड ३१ लाख रुपैयाँ संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ५८ करोड ४ लाख रुपैया संचित छ ।शिखर इन्स्योरेन्सको जगेडाकोषमा शेयर प्रमियम पनि जोडिएको छ।
बीमा कोषको आधारमा :
बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ११ करोड रुपैया संचित छ भने नेको इन्स्योरेन्सको बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ संचित छ।
कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
शिखर इन्स्योरेन्सले ९० करोड ४३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ४३ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले ६८ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ४३ करोड २८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
दावी भुक्तानीको आधारमा :
शिखर इन्स्योरेन्सले ३६ करोड २७ लाख कुल दावी भुक्तानी गरेको छ भने १४ करोड २२ लाख खुद दावी भुक्तानी गरेको छ। नेको इन्स्योरेन्सले २० करोड ३९ लाख कुल दावी भुक्तानी गरेको छ भने १२ करोड २९ लाख खुद दावी भुक्तानी गरेको छ।
खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म १२ करोड २३ लाख खुद नाफा गरेको छ भने नेको इन्स्योरेन्सले १२ करोड ४४ लाख खुद नाफा गरेको छ ।
प्रतिशेयर आम्दानीको आधारमा :
शिखर इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ३५ रुपैयाँ ५९ पैसा छ भने नेको इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा छ।
मूल्य आम्दानी अनुपातको आधारमा :
मंसिर ४ गतेको बजार मूल्यलाई आधार मान्दा शिखर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४ दशमलव ४५ गुणा छ भने नेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २५ दशमलव ७५ गुणा छ । मूल्य र आम्दानीको आधारमा नेको इन्स्योरेन्स शिखर इन्स्योरेन्स भन्दा सस्तो देखिन्छ।
भुक्तानी हुन बाँकी दावी :
शिखर इन्स्योरेन्सले ८४ करोड ९५ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ भने नेको इन्स्योरेन्सको ६६ करोड ६६ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ।
उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।