IME Life

१७ जीवन बीमा कम्पनीको नाफा २४ प्रतिशतले बृद्धि, दुई कम्पनीको घट्यो, अन्यको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल संचालित १९ जीवन बीमा कम्पनीहरुमध्ये १७ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । राष्ट्रिय बीमा संस्थान र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय विवरण प्रकाशन गर्न बाँकी छ । वित्तीय विवरण प्रकाशन गरेका कम्पनी मध्ये दु्ई वटा कम्पनीको नाफा घटेको छ भने १५ वटा कम्पनीको नाफा बढेको छ । यद्यपि जीवन बीमा कम्पनीको आर्थिक अवस्था र बलियोपनाको मापन मुनाफा होइन, बरु जीवन बीमा कोष हो र व्यवसाय विस्तार र पहुँच बृद्धिको आधार खुद बीमा शुल्क आर्जन हो । बीमाङ्कीय मूल्याङ्कनको क्रममा जीवन बीमा कम्पनीको खुद नाफा घटबढ हुने भएकोले वित्तीय विवरणमा प्रकाशित मुनाफा अन्तिम मुनाफाको रुपमा समेत रहदैन ।

वित्तीय विवरण प्रकाशन गरेका १७ वटा कम्पनीहरुले चालु आ.वको प्रथम त्रैमासमा एक अर्ब २२ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोडमाथि मुनाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरुको नाफा २४.७३ प्रतिशतले नाफा बढाएका छन् ।

Prabhu
Crest

हालसम्म वित्तीय विवरण प्रकाशन गरेका १७ वटा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । मुनाफा बृद्धि प्रतिशतको आधारमा प्रभु लाईफ सबैभन्दा अगाडि छ ।

दोस्रोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २ लाख रुपैयाँ खुद नाफा कार्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनफा २० प्रतिशतले बढी हो ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा २१ प्रतिशत बृद्धि गरी ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । त्यस्तै, सूर्या लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड १६ लाख रुपैयाँ कमाएको छ । एशियन लाइफले ९ करोड ४० लाख रुपैयाँ कमाएको छ । मेट लाइफले ७ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५ प्रतिशतले बढी हो । ज्योति लाइफले ७ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, रिलायवल नेपाल लाइफ र सिटिजन लाइफले ६ करोडभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएका छन् । एलआइसी नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा पाँच करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, यूनियन लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । सन नेपाल लाइफले गत बवर्ष ३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ५८ लाख रुपैया मात्र नाफा कमाएको छ । उक्त कम्पनीको मुनाफा पनि घटेको छ ।

यूनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ५ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ४१ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

कुन कम्पनीले कति प्रतिशतले बढाए मुनाफा

अघिल्लो आवको तुलनामा मुनाफा बृद्धिको आधारमा प्रभु लाईफले १५१ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको छ, जुन सबैभन्दा बढि हो । त्यस्तै, मुनाफा बृद्धिको आधारमा भने एलआईसी नेपाल १४४ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा एशियन लाईफ र चौथो स्थानमा ज्योति लाईफ रहेको छ । एशियन लाईफको मुनाफा १३३ प्रतिशत र ज्योति लाईफको मुनाफा ९१ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS