IME Life

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ८० रुपैयाँसम्म बोनस पाइने

SPIL
NIC ASIA

काठमाडौं । एलआईसी नेपालले अधिकतम् ८० रुपैयाँ बोनस दर सार्वजनिक गरेकोे छ । कम्पनीले आर्थिक वर्ष २०७५।०७६ का लागि न्यूनतम् ६६ रुपैयाँ देखि अधिकतम् ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले पाँच वटा बीमा प्रडक्टको १३ प्रकारको बीमा योजनाहरुको छुट्टा छुट्टै बोनस दर सार्वजनिक गरेको हो । नयाँ बोनस दर अनुसार सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमालेखमा २५ वटा सो भन्दा बढि अवधीको बीमालेखमा प्रतिहजार ८० रुपैयाँ बोनस हिसाब गणना हुनेछ ।

Prabhu
Crest

त्यस्तै, २० वर्ष आजिवन बीमालेखमा ७७ रुपैयाँ बोनस पाइनेछ भने २०–२४ वर्षे सावधिक जीवन बीमालेखमा ७० रुपैयाँ बोनस पाइनेछ । कम्पनीले सबैभन्दा धेरै प्रडक्ट बिक्री गरेको ५–१९ वर्षे जीवन बीमा पोलिसीमा ६६ रुपैयाँ बोनस दर कायम भएको छ ।

आजिवन बीमालेख अन्तर्गत १५ वर्षे अवधीका बीमालेखको लागि ६८ रुपैयाँ र १० वर्षे अवधीको लागि ६६ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । त्यस्तै, अग्रिम भुक्तानी बीमालेखमा समेत ६६ रुपैयाँदेखि ६८ रुपैयाँ प्रतिवर्ष प्रति हजार रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

एलआईसी नेपालले एकल बीमा शुल्क भएको जीवन आस्था योजना अन्तर्गत पाँच वर्षे जीवन बीमा पोलिसीमा ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार प्रतिफल सुनिश्चित गरेको जनाएको छ । साथै सो बीमा योजना अन्तर्गत ३ वर्षे अवधीको एकल बीमा शुल्क बीमा योजनामा ८० रुपयाँ प्रतिफल सुनिश्चित गरिएको जनाएको छ । एलआईसी नेपाल नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु मध्ये सम्भवतः सबैभन्दा बढि बोनस दिने कम्पनी हो ।

कम्पनीले पेश गरेको बोनसदर गत कार्तिक २८ गते बीमा समितिबाट स्वीकृत भएपछि आज नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS