IME Life

नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारण सभा सम्पन्न, ८ अर्बको आईपिओ प्रस्ताव पारित

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभाले आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारणको लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले यस अघिको साधारणसभा बाट नै सो प्रस्ताव पारित गरेपनि शेयर निष्काशन कार्यले मुर्त रुप नलिएको हुनाले फेरी प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

Crest

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली गर्नु संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गरेको छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकेको छ ।

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS