IME Life

सगरमाथा इन्स्योरेन्सको बीमाशुल्क आर्जन १० प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको नाफा गत आर्थिक बर्षको तुलनामा १० दशमलव ९१ प्रतिशतले बढेको छ । गत वर्ष यसले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १० दशमलव २२ प्रतिशतले बढेर ३५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड ४९ लाख २३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

गत आर्थिक वर्षमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको बीमा कोषको आकार यस वर्ष ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ छ ।यस अवधिमा कम्पनीले १ हजार ३ सय १८ वटा बीमा दाबीको २१ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीले ४ हजार १ सय ३३ वटा बीमा दाबी वापतको ९२ करोड ५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी कुल दाबी रकम रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २२ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS