Connect IPS
IME Life

नेको इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र नाफा दुबै बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पहिलो त्रैमासको अवधिमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ६५ दशमलव २१ प्रतिशतले बढेको हो । कम्पनीको गत आर्थिक बर्षको सोहि अवधिमा ७ करोड ५३ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ३० दशमलव ६३ प्रतिशतले बढेर ४३ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोष ३८ दशमलव ५७ प्रतिशतले बढेर ८९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोषमा ६४ करोड ५० लाखरुपैयाँ थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासको अवधिमा २० करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ६६ करोड ६६ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS