IME Life

एक इन्स्योरेन्स कम्पनी सहित तीन कम्पनीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । आज गुराँस लाइफ इन्स्योरेन्स, ओरियण्टल होटल र माछापुच्छ्रे क्यापिटलको वार्षिक साधारण सभा आज हुँदैछ । गुराँस लाइफ इन्स्योरेन्सले ५ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव सहित विविध प्रस्ताव बिहीवार पारित गर्नेछ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । त्यसकारण लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु योग्य भएका छन् ।

सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । सभा कम्पनीको प्रधान कार्यालय, तीनकुनेमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ ।

Crest

ओरियण्टल होटल लिमिटेडले कम्पनी रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ । सभाका लागि यो वर्ष कुनै पनि लाभांश प्रस्ताव गरिएको छैन ।

सभाले गत आर्थिक वर्ष २९७६र७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनका लागि होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, माछापुच्छ्रे क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने जनाएको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरेको ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ ।

माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्जरको विषयमा भएको अन्तिम सहमतिलाई पनि पारित गर्ने एजेण्डा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS