Connect IPS
IME Life

एक इन्स्योरेन्स कम्पनी सहित तीन कम्पनीको साधारण सभा भोलि,कुनको एजेण्डा कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स, ओरियण्टल होटल र माछापुच्छ्रे क्यापिटलको वार्षिक साधारण सभा भोलि हुँदैछ ।

गुराँस लाइफ इन्स्योरेन्सले ५ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव सहित विविध प्रस्ताव बिहीवार पारित गर्नेछ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । त्यसकारण लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु योग्य भएका छन् ।

Prabhu
Crest

सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । सभा कम्पनीको प्रधान कार्यालय, तीनकुनेमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ ।

ओरियण्टल होटल लिमिटेडले कम्पनी रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ । सभाका लागि यो वर्ष कुनै पनि लाभांश प्रस्ताव गरिएको छैन ।

सभाले गत आर्थिक वर्ष २९७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनका लागि होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, माछापुच्छ्रे क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने जनाएको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरेको ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ ।

माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्जरको विषयमा भएको अन्तिम सहमतिलाई पनि पारित गर्ने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS