IME Life
Beema Board

भोलि बुधबारबाट सबैं बीमा कम्पनी र बैंकहरु खुल्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तिहारको समयमा बन्द भएको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु भोलिबाट सुचारु हुने भएका छन् । नेपाल बैंकर्स एशोसिएशन, बीमक संघ, जीवन बीमक संघका अनुसार भोलि बुधबारबाट सबै कार्यालयहरु खुल्ला हुनेछन् । बैंकर्स संघका अनुसार देशैभरिका सबै शाखा कार्यालयहरु बुधबारदेखि नियमित खुल्ला हुनेछन् । त्यस्तै, जीवन बीमक संघका अनुसार बुधबारदेखि देशैभरिका जीवन बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला हुनेछन् ।

निर्जिवन बीमा कम्पनीका शाखा कार्यालयहरु समेत भोलिदेखि नियमित खुल्ला हुने निर्जिवन बीमक संघका सचिव चंकी क्षेत्रीले जानकारी दिए । निर्जिवन बीमा कम्पनीहरुको शाखा कार्यालय गत आइतबारदेखि तीन दिन सम्म बन्द भएका थिए । तिहारको समयमा पनि बीमा दावी भुक्तानी सम्बन्धी उजुरी लिने काम गरिएको भएपनि अन्य सबै प्रकारका सेवाहरु बन्द गरिएको नेपाल बीमक संघले जनाएको छ ।

Prabhu
Crest

बुधबारदेखि बन्द भएका सबै प्रकारका बीमा सेवाहरु बुधबारदेखि सुचारु हुनेछन् । उता, आगामी शुक्रबार छठ पर्व परेका कारण आगामी शुक्रबार र शनिबार पुनः बैंक तथा बीमा कम्पनीहरु बन्द हुनेछन् । आगामी आइतबारदेखि भने बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरु नियमित सुचारु हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS