Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क २५ प्रतिशतले घट्यो, नाफा १५ प्रतिशतले कम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षको तुलनमा कम्पनीको नाफा र खुद बीमाशुल्क आर्जन घटेको छ ।

पहिलो त्रैमासको अवधीसम्ममा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधीसम्ममा कम्पनीले ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १५ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

पहिलो त्रैमासको अवधिमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९९ करोड रुपैयाँ र बीमा कोषमा २ अर्ब २७ करोड रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा कम्पनीले ४ सय १५ बीमा दाबी बापत १ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १ हजार २ सय २२ रुपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS