Connect IPS
IME Life

युनियन लाइफको बीमाशुल्क ९१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९१ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७७ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५६ प्रतिशतले घटेर २ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय १० करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने बीमालेख धितोकर्जा आयबाट २ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा चार हजार ३ सय ५३ टा दाबी वापत १ अर्ब ३९ करोड ९१ लाख १७  हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ७३ करोड २५ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ५ अर्ब १२ करोड रुपैयाँ संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS