IME Life
Beema Board

रैराङ हाइड्रोपावरको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा दुवैमा वृद्धि हुँदा खुद नाफामा सुधार आएको आज प्रकाशित कम्पनीको वित्तीय विवरणले देखाएको हो ।

यो त्रैमाससम्म आइपुग्दा रैराङले ५ करोड ६२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यो गत वर्षको तुलनामा ६०५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७९ लाख ६८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६५० दशमलव ३१ प्रतिशतले बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।अघिल्लो वर्ष विद्युत बिक्रिबाट एक करोड ३१ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । रैराङको संचालन नाफा पनि ८३ लाख ६९ हजार रुपैयाँबाट बढेर ९ करोड ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी ३० रुपैयाँ २२ पैसा (वार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय १२ रुपैयाँ २८ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS