IME Life
Beema Board

साना किसान विकास लघुवित्तको नाफामा सामान्य बृद्धि, कोषमा २ अर्ब संचिती

SPIL
NIC ASIA

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोडमाथि खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १ दशमलव ६३ प्रतिशतले बढी हो ।

१ अर्ब २ लाख २९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सस्थाको जगेडा कोषमा २ अर्ब १० करोड रुपैयाँ संचिती रहेको छ । संस्थाको कुल सम्पिती २४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले २६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी १५ दशमलव ९५ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले १ अर्ब ६१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । त्यस्तै, संस्थाले समिक्षा अवधिसम्म १९ अर्ब ३४ करोड १९ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १९ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको कर्जा प्रवाह ० दशमलव ८७ प्रतिशतले कमी हो ।

यस अवधिमा संस्थाको प्रति शेयर आम्दानी ५६ रुपैयाँ रहेको छ । मुल्य आम्दानी अनुपात २४. ०५ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ ३ सय १० रुपैयाँ ८२ पैसा कायम रहेको वित्तयि विवरणमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS