Connect IPS
IME Life

आईपिओ जारी गर्ने प्रक्रियामा रहेको आईएमई लाईफ इन्स्योरेन्सको व्यवसायमा छलाङ, बीमा शुल्क आर्जन १३८ प्रतिशतले बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले खुद बीमा शुल्क आर्जन उल्लेख्य रुपमा बृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा व्यवसायमै छलाङ मार्ने गरी प्रगति गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा २२ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यस आर्थिक वर्षको पहिलो तीन महिनामा १३८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । नयाँ कम्पनी आईएमई लाईफले कोरोना महामारीकै बीचमा उल्लेख्य प्रगति गरेको आज प्रकाशित वित्तीय विवरणले देखाएकोछ । कम्पनीको कूल बीमा शुल्क समेत बृद्धि भएको छ । गत आवमा २२ करोड ८५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवमा ५३ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यस्तै कम्पनीको बीमा कोषको आकारमा समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । कम्पनीले एक वर्षमा झण्डै एक अर्ब रुपैयाँले जीवन बीमा कोषमा योगदान गरेको छ । अघिल्लो आवमा ८२ करोड तीन लाख रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको समीक्षा अवधीमा कम्पनीले एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ संचिती गर्न सफल भएको छ । त्यस्तै महाविपत्ति कोषमा चार करोड ३५ लाख ७० हजार रुपैयाँ संचिती गरेको छ भने जगेडा कोषमा ३९ करोड ९१ लाख ६२ हजार रुपैयाँ संचिती गरी कूल कोषको आकार दु्ई अर्ब १७ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ ।

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफामा समेत बृद्धि गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधीमा ४५ प्रतिशत मुनाफा बृद्धि गरी चार करोड ३० लाख ८१ हजार पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको खुद नाफा दुई करोड २५ लाख ८२ हजार रुपैयाँ रहेको थियो । जीवन बीमा कम्पनीहरुको मुनाफा भने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्ने छ ।

एक अर्ब ४० करोड चुक्ता पुँजि भएको कम्पनी आईएमई लाईफले छिट्टै आईपिओ निष्काशन गर्ने तयारीमा छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको कूल ६० लाख कित्ता आईपिओको लागि गत असोजमा नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ ।

समीक्षा अवधीमा कम्पनीले यस त्रैमासमा ११ करोड २४ लाख २८ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.३१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२८.५१ रुपैयाँ र प्रतिशेयर सम्पत्तिको मूल्य २५५.३३ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS