Connect IPS
IME Life

जीवन बीमा ब्यवसायमा महालक्ष्मी लाइफको छलाङ, खुद बीमा शुल्क आर्जन १२५% ले बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कोरोना महामारीको समयमा पनि महालक्ष्मी लाइफले अधिकांश सूचकमा राम्रो प्रगति गरेको छ । नयाँ जीवन बीमा बजारमा उदाउदो रुपमा रहेको कम्पनीले चालु आर्थिक वर्षमा उत्साहजनक प्रगति गरेको छ ।

२३ करोड ९१ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५८ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२५ दशमलव ८७ प्रतिशतले बढी हो ।

Prabhu
Crest

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड ४४ लाख ११ हजार रुपैयाँ संचिती गरेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ९६ करोड ८१ लाख ५२ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १ करोड १६ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ करोड ३५ लाख ९१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३६ लाख रुपैयाँ मात्रै खद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खद बीमा शुल्क आर्जन १ सय २५ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १९ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ लाख ९९ हजार रुपैयाँ मात्र खद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS