IME Life
Beema Board

एनआईसी एशिया लघुवित्तको नाफा ६ करोड ४९ लाखमाथि

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले यस अवधिसम्ममा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ लाख ४४ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ थियो।

Prabhu
Crest

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड २३ लाख रुपैयाँबाट बढेर १७ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ७९ लाख रुपैयाँबाट बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा लघुवित्तले ९७ करोड ९१ लाख रुपैयाँ निक्षेप र १० अर्ब २२ करोड रुपैयाँ सापटीबाट ७ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समिक्षा अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २५ रुपैयाँ ३५ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.२५ गुणा कायम भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS