IME Life

मैतीदेवी चोकमा नेचर सुपरमार्केट

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । राजधानी काठमाडौंको मैतिदेवी चोकमा नेचर सुपरमार्केट सञ्चालनमा आएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकमा व्यवसायिक क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ सञ्चालनमा ल्याएका हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले उद्घाटन गर्नुभएको थियो। उक्त उद्घाटन समारोहमा उपभोक्ताहरुको चाहना अनुसार काठमाडौं उपत्यका भर होम डेलिभरीको सुविधा साथै बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुरु गरिएको भनी अध्यक्ष जनक धामीले बताउनुभयो ।

Crest

सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गरी बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने ‘प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न नेचर सुपरमार्केट सदैव प्रतिबद्ध छ ।

साथसाथै ‘स्थापनाको एक वर्ष भित्र काठमाडौं उपत्यकामा १० वटा शाखा ‘आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने यस नेचर सुपरमार्केटको लक्ष्य रहेको जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS