IME Life

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाद्वारा पदबहाली

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आज पदबहाली गरेका छन् । आजै स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेका बसौलाले अपरान्ह स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पद बहाली गरेका हुन् ।

कार्यकारी निर्देशक डा. बसौलाले पदबहाली गर्दै सबै नेपाली जनताको मन मनमा स्वास्थ्य बीमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । डा. बसौलाले स्वास्थ्य बीमाको गुणात्मक र संख्यात्मक पहुँच बृद्धि आफ्नो मुख्य लक्ष्य भएको बताए ।

Crest

बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेती तथा कामु कार्यकारी निर्देशक डा. राधिका थपलियाले नवनियुक्त कार्यकारी निर्देशक बसौलालाई स्वागत गरेका थिए । बोर्ड स्वास्थ्य मन्त्रालय मातहत रहेको जनताको स्वास्थ्य बीमा सञ्चालन गर्न नेपाल सरकारद्वारा संस्थापित संस्था हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS