Connect IPS
IME Life

एलआइसी नेपालको नयाँ शाखा किर्तिपुरमा, कुल शाखा संख्या ७९ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो ७९ औँ शाखा किर्तिपुरमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सीईओ एलपी दाशले गरे ।

आज उक्त शाखा उद्घाटन भएकै दिन आज एजेन्ट रिता खतिवडा मार्फत १ करोडको पोलिसी बिक्री र १४ लाख प्रिमियम समेत संकलन भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सोही कार्यक्रममा सीईओ दाशले एलआईसी नेपालको पहिलो प्राथमिकता बीमितहरुको हित गर्नु रहेको बताए । एलआईसी नेपाल दाबी भुक्तानीमा १ नम्बर कम्पनी रहेको बताउँदै बोनस धेरै दिनेमा समेत १ नम्बर नै रहेको समेत जानकारी दिए । हालसम्म कम्पनीमा १० लाख पोलिसी होल्डर रहेको सीईओ दाशले जानकारी दिए । निकट भविश्यमै १ सय वटा शाखा बिस्तार गर्ने योजना रहेको समेत सीईओ दाश बताए । साथै, सबै शाखा कार्यालयहरुमा एकीकृत सफ्टवेयर बिकास गरी बीमितहरुलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिए ।

आज उद्घाटन भई आजैबाट सेवा शुरु गरेको एनआईसी नेपाल किर्तिपुर शाखाको प्रबन्धकका रुपमा जितेन्द्र साहलाई नियुक्त गरिएको छ ।

कार्यक्रममा कम्पनीका डीसीईओ, मार्केटिङ हेड, आईटी हेड, एजेन्सी म्यानेज र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS