काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाईन कारोबारलाई समस्यारहित बनाउने उद्देश्यले गर्न लागेको सिष्टम अडिटका लागि दोस्रो पटक प्रस्ताव आह्वान गरेको छ । यसअघि आह्वान गरेको प्रस्तावमा कोभिड तथा दशैं समेत परेकोले गुणस्तरीय र थोरै संख्यामा मात्रै आवेदन परेकोले पुनः दोस्रो पटक प्रस्ताव आह्वान गरेको हो ।
नेप्सेले दोस्रो पटक आह्वान गरेको प्रस्तावमाथि आगामी मंसिर १० गतेसम्म आवेदन दिन पाइने आज प्रकाशित सूचनामा उल्लेख छ । नेप्सेका अनुसार आगामी मंसिर ११ गते सबै प्रस्ताव खोलिने छ ।
सिष्टम अडिटका लागि उत्कृष्ट छ वटा कम्पनी सर्ट लिष्ट गरिने जनाएको छ । त्यसैगरी, आईटीमा दक्षता ४० प्रतिशत, काममा अनुभव ५० प्रतिशत र कम्पनीको क्षमतालाई १० प्रतिशत तोकिएको र सो सीमाभित्र रहेर आवदेन स्वीकार गरिने नेप्सेले जनाएको छ ।
इन्स्योरेन्स खवरले नेप्सेको सिष्टम अडिट गर्नुपर्ने निष्कर्षसहितको समाचार गत भाद्र ३१ गते प्रकाशित गरेको थियो ।