IME Life
Beema Board

६ करोड चुक्ता पुँजि भएको महिला लघुवित्तको मुनाफा २ करोड, आईपिओ छिट्टै निष्काशन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना महामारीका कारण ठूलो लघुवित्त वित्तीय संस्थाहरुलाई अप्ठेरो परेको भएपनि साना लघुवित्तहरुले भने मुनाफा आर्जन गर्न सफल भएका छन् । बागमति प्रदेशको काभ्रे केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजि छ करोड रुपैयाँ रहेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार झण्डै दुई करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले गत आवको तुलनामा खूद नाफा चार गुणाले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवको समीक्षा अवधीमा ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको ३ महिनामा एक करोड ९८ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीले सञ्चालन अवधीमा चार करोड ७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सेवा शुल्क र अन्य आम्दानी समेत गरेर कूल पाँच करोड ७२ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कूल आम्दानी चार करोड २० लाख रुपैयाँ रहेकोमा कोरोना महामारीकै बीचमा पनि कम्पनीको कूल आम्दानी बृद्धि भएको छ ।

कम्पनीले कोभिड महामारीकै बीचमा कर्मचारीहरुलाई २८ लाख ४० हजार रुपैयाँ भत्ता वितरण गर्न सफल भएको छ । त्यस्तै कम्पनीको अनियमित कर्जा १.२५ प्रतिशत, पुँजिकोषको लागत ६.१५ प्रतिशत, सिसीडी रेसियो ३१६ प्रतिशत रहेको छ । कम्पनीले छिट्टै आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले चार लाख कित्ता आईपिओ निष्काशन गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS