IME Life
Beema Board

स्पर्स लघुवित्तको नाफामा गिरावट, यस्तो देखियो अन्य सूचक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्पर्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा संस्थाको नाफा ५८ दशमलव ९९ प्रतशतले घटेको छ । यस अवधिमा संस्थाले २२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ छ ।

Prabhu
Crest

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५७ हजार रुपैयाँले बढेर १ करोड ४३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १ करोड ४२ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष ३९ लाख ८६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष २८ लाख २ हजार रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६३ पैसा छ । प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैयाँ ६७ पैसा छ । यसअवधिमा खराब कर्जा ३.१४ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS