Connect IPS
IME Life

तरकारी बेच्न हिडेका १९ बर्षिय युवकको थानकोटमा बसले किचेर मुत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज विहानै तरकारी बिक्री गर्न हिडेका १९ बर्षि युवकको काठमाडौंको थानकोटमा बसले किच्दा मृत्यु भएको छ । मंगलबार बिहान झिसमिसेमै चन्द्रागिरी नगरपालिका–७ स्थित त्रिभुवन राजमार्गमा भएको दुर्घटनामा मलंगवा–काठमाडौं रुटमा चल्ने ना ५ ख ८४७४ नम्बरको बसले उनलाई ठक्कर दिई दुर्घटना हुँदा बाजुरा घर भई चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने २५ वर्षीय नवीन लोहारको मृत्यु भएको हो ।

बाजुरादेखि काठमाडौंसम्म दैनिक गुजाराको लागि एक भारी सागसब्जीहरु नाम्लो लगाएर बिक्रीका लागि सोही सडक किनारामा यात्रा गर्दै गरेको अवस्थामा तीव्र गतिमा रहेको बसले ठक्कर दिएको थियो । गम्भिर घाइते भएका उनलाई अस्पताल पुर्याउने वित्तिकै मृत घोषणा गरिएको थानकोट प्रहरीले जनाएको छ । चन्द्रागिरीस्थित थानकोटमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका लोहारले आफ्नै फर्मको तरकारी बिक्रीका लागि लैजाँदै थिए ।

Prabhu
Crest

ठक्कर दिए लगत्तै बस भागेको थियो । भागेको बसलाई ट्राफिक प्रहरीले सिसि क्यामेराको सहायतामा ट्रेस गरी पत्ता लगाएर पक्राउ गरिएको थानकोट प्रहरीले जनाएको छ ।

घटनामा बीमा दावी पर्ने देखिएको छ । सार्वजनिक यातायात भएकोले तेस्रो पक्ष बीमा अन्तर्गत तेस्रो पक्षलाई ठक्कर दिई मृत्यु समेत भएको बीमा बापत पाँच लाख रुपैयाँ पाउने व्यवस्था छ । सार्वजनिक यातायातका साधनमा यात्रु तथा तेस्रो पक्ष बीमा अनिवार्य गरिएकोले घटनामा बीमा दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS