काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा भोलि (कार्तिक २६ गते) हुँदैछ । कम्पनीको कार्तिक २ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुने जनाइएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा छ ।
सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।