काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण साजर्वजनिक गरेको छ ।लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
यो नाफा अघिल्लो बर्षको तुलनामा १०४ दशमलव ४१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।यस त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३२ दशमलव ४० प्रतिशत र संचालन नाफा १०७ दशमलव ५३ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष ५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको एनएमबिले यो त्रैमासमा बढाएर ७ करोड ९३ लाख रुपैयाँ पुराएको छ ।कम्पनीले सञ्चालन नाफा पनि २ करोड ३७ लाख रुपैयाँबाट बढाएर ४ करोड ९३ लाख रुपैयाँ पुराएको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८५ पैसा रहेको छ ।