IME Life

एनएलजी इन्स्योरेन्सको शेयरमा मूल्य समायोजन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६६५ रुपैयाँ ४२ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ७१२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।

Crest

कम्पनीको कार्तिक ५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १४औं वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजेबाट वेबिनार मार्फत सञ्चालन हुने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने लगायतका प्रस्ताव रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS