IME Life
Beema Board

स्वावलम्बन लघुवित्तको नाफा बढ्यो, अन्य सुचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ५६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

७९ करोड २३ लाख रुपैयाँ, चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा एक अर्ब ६८ करोड ६७ लाख रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ३२ करोड ६७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ३२ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यस्तै, संस्थालृ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा पनि ८९ लाख ९१ हजार रुपैयाँले बृद्धि गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड २७ लाख १० हजार रुपैयाँ संचालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १९ करोड ३७ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । ४ अर्ब ५२ करोड रुपैयाँ सापटीबाट १५ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । ६ अर्ब ५१ करोड रुपैयाँ सापटीबाट कुल १५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ ३१२ रुपैयाँ ८७ पैसा र आम्दानी अनुपात २९.२५ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS