काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ५ गते आफ्नो १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बिहान १० बजेदेखि वेबिनार मार्फत सञ्चालन गरिने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
साधारणसभामा कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, शेयरधनी समायोजन गर्ने, सोहि अनुसार प्रन्बंधपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव रहेका छन् ।