IME Life

मेगा बैंकको कर्मचारी युनियनको अध्यक्षमा वाग्ले पुनः चयन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । मेगा बैंक नेपालको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको बैंकले जानकारी दिएको छ ।

युनियनको शनिबार सम्पन्न सो महाधिवेशनमा अध्यक्ष कृति वाग्लेले अध्यक्षको तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि अधिवेशनका प्रतिनिधिहरूको व्यापक छलफलपछि पारित गरिएको छ ।

Crest

त्यसैगरी, नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक बुढाथोकी, महासचिवमा चन्द्रकान्त न्यौपाने, सचिवमा शिवहरि भण्डारी तथा कोषाध्यक्षमा रोजी श्रेष्ठ चयन भएको बैंकले जनाएको छ ।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा दिक्षान्त अर्याल, विजय तिमिल्सिना, आशिष श्रेष्ठ, भोजराज जोशी, रामेश्वर घिमिरे र श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् । थप एक जना सदस्यमा प्रमिष नेपाललाई शनिबार नै मनोनित गरिएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने छ ।

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS